राष्ट्रपतिद्वारा भोलि भोटो देखाइने, मर्यादित रूपमा पर्व मनाउन गृह मन्त्रालयको आग्रह

काठमाडौँ । यही आउँदो शनिबार जेठ २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रातो मच्छिन्द्रनाथको चौथो दिन भोटो देखाउने कार्यक्रम तय भएको छ ।

रातो मच्छिन्द्रनाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा रहँदै आएको छ । गृह मन्त्रालयले भोलि शनिबार सार्वजनिक बिदाको दिन सम्माननीय राष्ट्रपति भण्डारीद्वारा भोटो देखाई सम्पन्न हुने जात्रा नेपालको सांस्कृतिक पर्व भएको बताउँदै आम सर्वसाधारणमा शुभकामना व्यक्त गरेको हो ।
साथै, मन्त्रालयले जात्राको अन्तिम दिन भीड हुने हुँदा सबै नागरिकलाई मर्यादित रूपमा पर्व मनाउनसमेत आग्रह गरेको छ ।

विज्ञप्ति:No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nineteen =