सुन्दर हरिजनलाई न्याय माग्दै नेपालगञ्जमा विरोध प्रदर्शन (भिडिओसहित)

काठमाडौँ । नेपालगञ्जस्थित पुष्पलाल चोकमा सुन्दर हरिजनको न्यायका निम्ति दबावमुलक विरोध प्रदर्शन भएको छ । जात व्यवस्था उन्मुलन मोर्चा नेपाल बाँकेकी संयोजक अञ्जुली विश्वकर्माको संयोजकत्वमा उक्त विरोध प्रर्दशन गरिएको हो ।

हातहतियार र फिरौतीको आरोपमा तीनपटक जेल परिसकेका विजयविक्रम शाहलाई बाहिर निकालेर उनको नाममा जेलमा राखिएका नाबालक सुन्दर हरिजन रोल्पा जेलमा गत जेठ ४ गते मृत फेला परेका थिए ।

भिडिओ

 

अभियुक्तलाई बाहिर निकाल्न नाबालक दलित युवाको जीवन बर्बाद बनाउन संलग्नहरुलाई दण्डित गर्न पीडित परिवारले सरकारसँग माग गरिरहेको छ ।

हिरासतमा भएको मृत्युबारे छानबिन गर्न कारागार व्यवस्थापन विभागले निर्देशक झरेन्द्र चापागाईंको नेतृत्वमा समिति बनाएको छ ।

यस घटनामा प्रहरी, सरकारी वकिल, अदालत प्रशासन र कारागारका को–को संलग्न छन् भन्नेबारे अध्ययन गर्न उच्चस्तरीय छानविन समिति गठन गरी दोषीलाई हदैसम्मको सजाय दिनुपर्ने प्रदर्शनकारीको माग छ ।

प्रदर्शनकारीले ‘सुन्दर हरिजनका हत्यारालाई कार्बाही गर ।’ ‘षड्यन्त्रकारी प्रहरी प्रशासन मुर्दावाद’ ‘यो देश कसको हो ?’ ‘दलितले बाच्न नपाउने ? लगायतका प्ले कार्ड बोकेको थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *