गरिमा विकास बैंक र जंगल भिल्ला रिर्सोटबीच छुटसम्बन्धी सम्झौता

काठमाडौँ । गरिमा विकास विकास बैंकका ग्राहकले चितवनको होटल ‘जंगल भिल्ला रिर्सोट’को सेवामा छुट पाउने भएका छन् ।

उक्त होटलले विभिन्न प्रकारका रुम तथा फुड एण्ड वेभरेजमा समान १५ प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

यस बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहक महानुभावले उक्त होटलबाट उल्लेखित छुट सुविधा लिन सक्नेछन् ।

हाल गरिमा विकास बैंकले १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटीएमबाट आफ्ना ग्राहक महानुभावलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *