एमसीसी अनुमाेदन पछि अमेरिकाकाे हस्तक्षेप बढ्याे : विप्लव (भिडिओसहित)

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी विभाजन गरेर गएका नेताहरूलाई सच्चिएर पुरानै पार्टीमा फर्किन आह्वान गरेका छ ।

८ औँ केन्द्रीय समितिका निर्णयहरू सार्वजनिक गर्न शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विप्लवले आत्मसमीक्षा गर्दै सच्चिएर पुरानै पार्टीमा फर्किन आह्वान गरेका हुन् ।

पार्टीभित्र रुढीवादी, जडसुत्रवादी, बुर्जुवा अराजकतावादी र फुटवादी विचलन देखा परेको आरोप लगाउँदै गरे पार्टी विभाजनअघि केहि नेताहरूमा आर्थिक, संगठनात्मक, राजनैतिक विकृतिहरू देखिन थालेको उल्लेख गरे ।

त्यस्तै उनले माओवादी केन्द्रले पनि एकताको कुरा गरिरहेको भन्दै सुध्रिएर आए एकता हुनसक्ने धारणा राखे ।

महासचिव चन्दले आफूहरूले चुनावलाई क्रान्तिको एउटा अंगको रूपमा उपयोग गरेको बताए । विप्लवले पुँजीवादको विश्वबाट उन्मूलन, वैज्ञानिक साम्राज्यवादको निर्माण अहिलको आवश्यकता रहेको र नेपालको सत्तालाई पनि जनताको सत्ताको रूपमा बदल्नु आवश्यक रहेको तर्क गरे ।

त्यस्तै उनले सरकारले एमसीसी सम्झौता अनुमोदन गरेपछि अमेरिकाको हस्तक्षेप बढ्न थालेको बताए । विप्लवले पार्टीलाई एकतावद्ध गर्न १ देखि ८ असोजसम्म नवौँ महाधिवेशन गर्ने निर्णय भएको जानकारी दिनुभयो । महाधिवेशनले पार्टीमा देखिएको सम्पूर्ण भ्रम चिर्ने दावी गरे ।

त्यस्तै, नेकपाले ५ भदौसम्म वडा र पालिका सम्मेलन तथा १५ भदौसम्म जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eighteen =