प्रदेश सरकारद्वारा प्रदेश १ का चार पत्रकार पुरस्कृत

विराटनगर । प्रदेश १ सरकारले प्रदेश १ मा क्रियाशील ४ जना जेष्ठ पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

शुक्रवार एक कार्यक्रमका बिच धनकुटा, झापा र सुनसरीका चारजना पत्रकार सम्मानित भएका हुन् । प्रदेश १ सरकारले प्रदान गरेको प्रादेशिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुहुने अग्रज पत्रकारहरूमा कृष्णविनोद लम्साल, संजय सन्तोषी राई, लीला बराल र स्मीता निरौला छन् । राई र निरौला धनकुटाका हुन् भने लम्साल सुनसरी र बराल झापाका पत्रकार हुन् ।

प्रदेश सरकार स्थापना भएसँगै शुरू भएको जेष्ठ पत्रकारको सम्मान तथा पुरस्कार वितरण यी अघि ४ जना पत्रकारले प्राप्त गरिसकेका छन् ।

जनही नगद १ लाख राशीको पुरस्कार प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राई, प्रदेश १ यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरे, प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 11 =