एनएमबिद्वारा गैह्र सरकारी संस्था ‘छोरी’मा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । एनएमबि बैंकले जोखिममा परेका महिलालाई उद्दार तथा शशक्तिकरण गर्दै आएको गैरसरकारी संस्था ‘छोरी’मा आवद्ध दिदी बहिनीलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा छोरी संस्थाका ५५ जना महिला दिदी बहिनीको उपस्थिति रहेको थियो ।

बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्त कार्यक्रमा उपस्थित दिदिबहिनीलाई उत्प्रेरणाको साथै बचत, लगानी, विभिन्न प्रकारका कर्जा तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा एनएमबि बैंकका तर्फबाट कर्मचारी डा. बुद्धि मल्ल, शरद पौडेल, नविन पन्थी र छोरी संस्थाको तर्फबाट कार्यक्रम संयोजक सारदा पुरीको उपस्थिति रहेको थियो ।

विगतका वर्षदेखि नै महिला उद्यमशीलता सहुलियतपूर्ण कर्जा लगानीमा अग्रणी रहेको यस बैंकले महिला सशक्तिकरणको लागि विभिन्न समयमा विभिन्न समूह लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

छोरी संस्थाका दिदि बहिनीलाई गरिएको यस कार्यक्रमले उनीमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउन समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले जनाएको छ । बैंक र छोरी संस्था दुवैले भविष्यमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रम तथा अन्य सम्भावित कार्यक्रममा सहकार्य गर्ने जानकारी गराएका छन् ।

एनएमबि बैंकले दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *