साेमवारबाट कल सेन्टर चलाउँदै काठमाडाैँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमबारबाट कल सेन्टर सञ्चालनमा ल्याउने भएकाे छ ।

महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहकाे अवधारणाअनुसार कल सेन्टर सञ्चालनमा ल्याउन लागिएकाे महानगरले जनाएकाे छ ।

महानगरपालिका भित्र रहेका समस्याहरुको बारे गुनासो र सुझाव दिन मिल्ने गरी महानगरले ‘टोल फ्री’ नम्बरमा फोन गर्ने व्यवस्था सहित सोमबारबाट कल सेन्टर सञ्चालनमा ल्याउन लागेकाे हाे ।

कल सेन्टरमा आएका गुनासाहरूलाई विभिन्न ५० वटा युनिटमा पठाइने जनाइएको छ ।

प्रतिक्रिया

One thought on “साेमवारबाट कल सेन्टर चलाउँदै काठमाडाैँ महानगर

  1. सराहनीय र बुद्धिमतापूर्बक काम हुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =