यार्सागुम्बा सङ्कलनका क्रममा हिमपहिरो, एक महिलाको मृत्यु

काठमाडौँ । यार्सागुम्बा सङ्कलनका क्रममा हिमपहिरोमा परी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्मा गाउँपालिका–१ नाउलाकी करिब ३० वर्षीया सिन्की बोहरा रहेकी छन् । हिजो बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेका बेला माथिबाट खसेको हिमपहिरामा परी बोहराको मृत्यु भएको हो । उनीसँगै रहेका अरू भने भागेर बाँच्न सफल भएका छन् । मृतक बोहराको उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यसतर्फ परिचालन गरिएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि सुर्मा, साइपाल र बुङ्गलका बासिन्दा घरमा ताला लगाएर यार्सा सङ्कलनका लागि लेकतर्फ गएका हुन् । मृतक बोहराका एक छोरा, एक छोरी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *