आईओसीबाट मूल्य बढेर आए बढ्छ, घटेर आए घट्छ : मन्त्री बडू

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले रुस र युक्रेनबीच युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको र अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नै भारतीय आयल निगम (आईओसी)ले नेपाललाई तयारी पेट्रोलियम इन्धन बिक्री गर्दै आएकोले मूल्य बढेको बताएका छन् ।

मन्त्री बडूले संसदमा सार्वजनिक महत्वको प्रस्तावमाथि उठेको प्रश्नहरुको जवाफ दिँदै यस्तो बताएका हुन् ।

जुन १ मा प्राप्त भएको मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मटिटेलमा १० रुपैयाँ मूल्य घटाउँदा हाल निगमलाई मासिक ७ अर्ब ७० करोड रुपैयाँ घाटामा सञ्चालन रहेको उनले बताए । सरकारले हाल पेट्रोलियम पदार्थमा लगाउँदै आएको प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर समेत हटाएपछि मूल्य घटाउन सकिएको उनले बताए ।

चालू वर्षको हालसम्म ४७ अर्ब घाटा भएको छ । ३२ अर्ब जुन ८ तारिकसम्ममा भुक्तानी दिनुपर्ने छ । महिनामा २ पटक मूल्य बढाएको सत्य नभएको पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *