अर्कैको परीक्षा दिइरहेका दुई जना पक्राउ

मकवानपुर । प्रहरीले अर्काकाे नामकाे परीक्षा दिइरहेका २ जनालाई हेटौँडाबाट पक्राउ गरेकाे छ ।

हेटाैँडा उपमहानगरपालिका-१ स्थित स्कुलमा सञ्चालन भइरहेको लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेका कास्की पोखरा महानगरपालिका-२ बस्ने ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटी बिहीबार पक्राउ परेका हुन् ।

उनले महोत्तरी साविक पोखभिण्डा गाविस बस्ने अभय कुमार यादवको ठाउँमा परीक्षा दिइरहेका थिए । पक्राउ परेका बस्ताकाेटीकाे झोलाबाट नगद ५८ हजार ५ सय रूपैयाँ र विभिन्न व्यक्तिहरूको ४ थान नागरिकता समेत फेला पारेकाे प्रहरीले जनाएकाे छ ।

यसैगरी हेटौंडा उपमहानगरपालिका-११ स्थित यातायात व्यवस्था कार्यालय हेटौँडाले लिइरहेकाे मोटरसाइकलको सवारी चालक अनुमति पत्रको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा मकवानपुर बकैया गाउँपालिका-७ बस्ने २० वर्षीय सन्तोष गौतम बिहीबार दिउँसो पक्राउ परेका छन् ।

उनले आफ्नै छाेरा टुक नाथ गौतमको ठाउँमा परीक्षा दिइरहेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *