माओवादी र समाजवादीले गठबन्धनकै कारण केही सिट जिते : महामन्त्री शर्मा

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको गठबन्धनबीचको चुनावी तालमेलमा आशंका नगर्न आग्रह गरेका छन् ।

शुक्रबार भक्तपुरमा स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट बिजयीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा शर्माले चुनावमा तालमेल प्रभावकारी भएको भन्दै आशंका नगर्न आग्रह गरेका हुन् ।

उनले कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेलकै कारण केही सिटमा जीत हासिल गरेको तर्क गरे । शर्माले सबै स्थानीय तहमध्ये केहीमा मात्र तालमेल भएको भन्दै तालमेलमा हल्ला धेरै भएको जिकिर गरे । उनले स्थानीय तहमा प्रभावकारी रुपमा काम गर्न जनप्रतिनिधिलाई सुझाव दिए ।

उनले मुलुकको विकासका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै पाँच वर्षको कार्यकालको सही रूपमा उपयोग गर्न पनि निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *