विदुरमा केएमसीको दुईदिने निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन ९ सयको उपचार

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका-८ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना छ । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज र लायन्स क्लब अफ काठमाडौँ वन्डर वुमनको सहकार्यमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

भैरव माध्यमिक विद्यालय हात्तीगौडामा सञ्चालन भएको शिविरको पहिलो दिन बिहीबार ९९५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये २०१ जनाको रक्त परीक्षण, १४२ जनाको भिडियो एक्स-रे र १०२ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा उपचार सम्भव नभएका ५५ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ । शिविर शुक्रवार पनि सञ्चालन हुनेछ ।

डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेसँगै केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको छ । जसबाट हजारौँ बिरामी लाभान्वित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =