फोहोर व्यवस्थापनमा महानगर र मन्त्रालयले मिलेर काम गर्ने

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीबीच फोहोर व्यवस्थापनमा महानगर र मन्त्रालयले मिलेर काम गर्ने सहमति भएको छ ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताएकी छन् । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै मन्त्री झाँक्रीले बन्चरेडाँडामा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताएकी हुन् ।

उनले तत्काललाई काठमाडौँको फोहोर व्यवस्थापन बन्चरेडाँडामा पुरानै किसिमले गरे पनि यसको वैज्ञानिक व्यवस्थापन जरुरी रहेको औंल्याएकी छन् । साथै, उनले महानगरसँग मन्त्रालय सधैँ सँगसँगै मिलेर काम गर्न तयार रहेको समेत बताएकी छन् । उनले काठमाडौँ महानगरपालिकाभित्र युटिलिटी करिडोर निर्माणको कामसमेत मन्त्रालयले गर्न लागेकाले सहकार्य जरुरी रहेको बताइन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा फोहोर विसर्जनका लागि मन्त्रालयले सहयोग गर्नुपर्ने भन्दै यस विषयमा मन्त्रालयले गरेका प्रतिबद्धता शत प्रतिशत कार्यान्वयन गर्न अनुरोधसमेत गरेका छन् । यस्तै, उनले काठमाडौँको फोहोर बन्चरेडाँडामा तत्काल कसरी फोहोर विसर्जन गर्ने भन्ने विषयमा स्थानीयवासीलाई सहमत गर्न सकिन्छ भन्ने विषयमा पनि सहजीकरण गरिदिनसमेत आग्रह गरे ।

आज बुधबार काठमाडौँ महानगरपालिकाका नवनियुक्त प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोललाई मन्त्री झाँक्रीलाई भेट्न शहरी विकास मन्त्रालय पुगेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *