‘एनआईबिएल सहभागिता फण्ड’को आकार वृद्धि

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘एनआईबिएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनाको आकार वृद्धि गरिएको छ ।

यस अघि स्वीकृत विवरण पुस्तिकामा उल्लेखित आकार रु. ५० करोड अर्थात ५ करोड इकाई रहेकोमा १७ जेठदेखि लागु हुने गरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भएअनुसार कोषको आकार बृद्धि गरी रु. १ अर्ब अर्थात १० करोड इकाई कायम गरिएको जनाएको छ ।

योजनाको इकाईहरुको कारोबार योजना व्यवस्थापकको सम्पूर्ण शाखा कार्यालयहरु, तोकिएको वितरकका कार्यालयहरु र अनलाईन मार्फत गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *