सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम २२ गते प्रस्तुत हुने

धनगढी । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम यही जेठ २२ गते प्रस्तुत हुने भएको छ ।

प्रदेश सभाको चालु अधिवेशनको आगामी पाँचौ बैठकमा प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मिति तय भएको हो ।

बिहीबार बसेको बजेट अधिवेशनको चौथो बैठकमा सभामुख अर्जुनबहादुर थापाले जेठ २२ गते अपरान्ह ४ बजे प्रदेश प्रमुख जोशीले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे सभामा जानकारी गराए ।

उनले सो अवधिसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको घोषणासमेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *