सरुवा-बढुवाका लागि भ्रातृ संगठनका नेता भेट्ने प्रहरीकाे रेकर्ड राख्छाैँ : आइजिपी सिंह

काठमाडाैँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंहले सरुवा-बढुवाका लागि नेता भेट्ने प्रहरीकाे रेकर्ड राखिरहेकाे बताएका छन् ।

बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् ।

राजनीतिक व्यक्तित्वसँग मात्रै नजिकिएर कुनै पनि प्रहरीले सरुवा-बढुवा नहुने उल्लेख गर्दै त्यस्ता व्यक्तिहरूको रेकर्ड राख्ने बताए ।

उनले भने, ‘कोही भ्रातृ संगठनका मानिससँग नजिकिएर सरूवारबढुवा भएको भन्ने विभिन्न मिडियामा चाहिँ आउँछन्। सत्यता कति छ बुझ्नपर्ने छ ।’

त्यस्तै, उनले सबै काम याेग्यताका आधारमा हुने बताए । उनले भने, ‘मेरिट बेसमा हुन्छ र त्यसमै गर्नुपर्छ । निजामतीमा जस्तो लेखेर ल्याउने हुँदैन । ब्याचभित्र उत्कृष्ट जो छ त्यही अगाडि आउँछ । कसैलाई टिपेर ल्याइँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 2 =