प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अवधारणा राप्रपा नेपालकाे हाे : अध्यक्ष थापा

काठमाडाैँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अवधारणा राप्रपा नेपालकाे भएकाे दाबी गरेका छन् । उनले बिहीबार आफ्नाे आधिकारिक फेसबूकमार्फत यस्ताे दाबी गरेका हुन् । ‘जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अवधारणा सर्वप्रथम राप्रपा नेपालले २०७० सालको संविधानसभा चुनावमा आफ्नो घोषणापत्रमार्फत् सार्वजनिक गरेको,’ अध्यक्ष थापाले भनेका छन्।
अध्यक्ष थापाले राजेन्द्र लिङ्देन नेतृत्वकाे राप्रपाले पनि आफ्नाे पार्टीकाे यही अवधारणालाई अवलम्बन गरेकाे उल्लेख गर्दै आफूलाई खुसी लागेकाे बताएका छन् । ‘एकीकरणपछि त्याे एजेण्डा छोड्न राप्रपा बाध्य भएको थियाे । अहिले पुनः राप्रपा नेपालको बाटोमा राप्रपा आउन लागेकोमा खुसी लागेको छ,’उनले भनेका छन् ।
यसअघि बिहीबार सकिएकाे राप्रपाकाे केन्द्रीय कार्यसम्पादन बैठकले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीकाे अवधारणा अघि सारेकाे थियाे । त्यसपछि राप्रपा नेपालका अध्यक्ष थापाले यस्ताे बताएका हुन् ।








