लगातार चौथो दिन पनि सेयर बजार ओरालो

काठमाडौँ । लगातार चौथो दिन बिहीवार पनि सेयर बजार घटेको छ । यस दिन सेयर बजार परिसूचक (नेप्से) १८ दशमलव २६ अङ्कले घटेर २ हजार १ सय १२ दशमलव ४७ विन्दुमा ओलिएएको छ ।

यस दिन समूहगत सूचक मध्ये म्युचल फन्डबाहेक अरु सबै सूचक ओरालो लागेका छन् । २२७ वटा कम्पनीको ३५ लाख ६६ हजार कित्ता सेयर १ अर्ब १६ करोड १५ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै माउन्टेन हाइड्रो नेपालको १२ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भयो ।

सबैभन्दा धेरै प्रभु लाइफ इन्सुरेन्स कम्पनीको सेयर साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि बलेफी हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *