विमान दुर्घटनामा मृत्यु भएका एकै परिवारका ७ जनाकाे दाहसंस्कार

काठमाडाैँ । आइतवार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएका एकै परिवारका ७ जनाकाे दाहसंस्कार गरिएकाे छ ।
धनुषाकाे मिथिला नगरपालिका–११ तुल्सीपाटो लोहटा बस्ने एकै परिवारका ७ जनाकाे बिहीवार दाहसंस्कार गरिएकाे हाे ।
हाल गोकर्णेश्वर माकलबारी बस्ने राजन गोले सहितको परिवार ७ जनाको आज स्वयम्भुमा बौद्ध परम्पराअनुसार अन्तिम संकार गरिएको छ ।
मृतक गोले नेकपा एसका धनुषा जिल्ला सदस्य थिए । उनको पार्थिव शरीरमा झलनाथ खनालले पार्टीको झन्डा ओढाएर अन्तिम बिदाइ गरेका छन् ।
मृतकहरूमा राजन गाेले सहित उनका बुवा बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेका छन् ।
उनीहरू मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर तीर्थ यात्रामा हिँडेका थिए ।
तस्वीरः










