राजदूत नियुक्तिमा हुने करोडौँ चलखेल रोकौँ : सांसद सुवाल
२०७९ जेठ १९ गते

फाइल
काठमाडौँ । सांसद प्रेम सुवालले राजदूत नियुक्तिमा हुने चलखेल राेक्नुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले राजदूत नियुक्तिमा करोडौं चलखेल भएको खबर आएको भन्दै यसलाई रोक्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘नेपालको आर्थिक कुटनीतिका खम्बाहरू विदेशस्थित राजदूतहरू पनि हुन् । राजदूतहरू नियुक्तिमा करोडौँ करोडौँ चलखेल भइरहेको समाचार छ । यसकारण निर्यात प्रविधि हस्तान्तरण, पर्यटन प्रवर्द्धन प्रभावकारी नभएको हो । भ्रष्टाचार र अनियमितता नियन्त्रण आवश्यक छ ।’
त्यस्तै, उनले एमसिसी खारेज गर्नसमेत माग गरे ।
२०७९ जेठ १९ गते
प्रतिक्रिया
सम्बन्धित








