पूर्वराजा विरेन्द्रको शालिक स्थापना गर्न खोज्दा नेपालगञ्जमा प्रहरी प्रशासनको हस्तक्षेप

काठमाडौँ । नेपालगञ्जको धम्बोजी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजपरिवार हत्याकाण्ड भएको आज २१औं वर्ष पूरा भएको स्मृतिदिवसका अवसरमा पूर्वराजा वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ । सो क्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले प्रहरीले हवाई फायर गर्दा केही प्रहरी घाइते भएको जानकारी दिए। साथै, यतिबेला भने स्थिति नियन्त्रणमा आएको उनले बताए ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *