सिन्धुपाल्चोकको सदरमुकाममा २१ सरकारी कार्यालयको अनुगमन

काठमाडौँ । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेका सरकारी कार्यालयमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ ।

हिजो बुधबार प्रशासन कार्यालयले विभिन्न २१ सरकारी कार्यालयमा अनुगमन गरेको हो । अनुगमनका क्रममा ६ कार्यालयका ११ कर्मचारी अनुपस्थित रहेको पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठका अनुसार जिल्ला मालपोत कार्यालयमा २, विद्युत प्राधिकरण शाखा कार्यालयमा ३, शिक्षा समन्वय एकाइमा १, पूर्वाधार विकास कार्यालयमा २, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनामा १ र स्वास्थ्य कार्यालयमा १ गरी जम्मा ११ कर्मचारी अनुगमनको समयमा अनुपस्थित रहेका थिए ।

बिहान ९ देखि ११ बजेसम्म गरिएको अनुगमनमा अधिकांश कर्मचारीले कार्यालय पोशाक पनि नलगाएको देखिएको श्रेष्ठले जानकारी दिए । अनुगमनका क्रममा अनुपस्थित रहेका कर्मचारीका बारेमा तत्कालका लागि सम्बन्धित कार्यालयलाई स्पष्टीकरण सोधिने र दोस्रो चरणमा पनि उही कर्मचारी अनुपस्थित रहेमा सम्बन्धित कर्मचारीलाई नै स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रिया अगाडि बढाइने सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *