जहाज दुर्घटना: पोस्टमार्टम सकियो, आज शव बुझाइने

काठमाडौँ । तारा एअरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव आज परिवारलाई हस्तान्तरण गरिने भएको छ । सबै २२ शवको पोष्टमार्टम गर्ने काम सकिएपछि आज परिवारलाई हस्तान्तरण गरिने भएको हो ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट शव परिवारलाई बुझाइनेछ । दुर्घटनामा मृत्यु भएकाको शव सोमबार र मंगलबार दुई चरणमा नेपाली सेनाको एमआई-१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १६ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकको मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =