याेजनाबद्धरूपमा हाम्राे चरित्र हत्या गर्ने काम भइरहेकाे छ : अध्यक्ष थापा

काठमाडाैँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले छाेटाे समयमा पार्टी बलियाे बनेकाे दाबी गरेका छन् । बुधबार बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै अध्यक्ष थापाले यस्ताे बताएका हुन् । उनले छाेटाे समयमा पार्टी बलियाे बन्दा आफू उत्साहित भएकाे उल्लेख गर्दै भने, ‘हामी एकभन्दा अर्काे उचाइ थप्दै आफ्नाे गन्तव्यतर्फ अग्रसर हुँदै जाँदैछाैँ । यसमा तपाईंहरूकाे ठूलाे याेगदान छ र रहिरहन्छ भन्ने विश्वास छ ।’
उनले याेजनाबद्धरूपमा राप्रपा नेपालकाे चरित्र हत्या गर्ने काम भइरहेकाे भन्दै त्यसकाे विराेध गरे । ‘हाम्राे विरुद्धमा यसरी भ्रम सिर्जना गरिएकाे छ, आजकल सामाजिक सञ्जाल प्रत्येक व्यक्ति-व्यक्तिका हातमा पुगकेा छ । यी माध्यमबाट हाम्राेबारे भ्रम सिर्जना गरेर चरित्र हत्या गर्ने र बदनाम गर्ने काम भइरहेकाे छ । यी सबैलाई हामी पराजित गर्नेछाैँ । हामी केही समयपछि नै विगतकाे भन्दा तीव्ररूपमा अगाडि बढ्नेछाैँ र राष्ट्रिय राजनीतिमा आफ्नाे स्थान सुरक्षित गर्नेछाैँ ।’
अध्यक्ष थापाले राजनीतिक वृत्तमा राप्रपा नेपालले लिएकाे विचारकाे प्रशंसा भइरहेकाे बताए ।








