मन्त्री झाँक्रीको निर्देशनपछि धोबिखोला कोरिडोरसँग आबद्ध सडकका खाल्डाखुल्डी मर्मत
२०७९ जेठ १८ गते

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा चाबहिलस्थित गोपीकृष्ण हल धोबिखोला कोरिडोरसँग आबद्ध सडकमा खाल्डाखुल्डी मर्मत सम्भार गरिएको छ ।
वर्षायाम शुरू भएसँगै सडकमा पानी जमेर सवारी साधन र पैदल यात्रुलाई समेत समस्या सिर्जना हुने गरेको स्थानीयको गुनासो आएपछि मन्त्री झाँक्रीले सडक मर्मतका लागि निर्देशन दिनुभएको थियो ।
मन्त्री झाँक्रीको निर्देशनलगत्तै धोबिखोला कोरिडोरसँग आबद्ध सडक तथा कोरिडोरको चाबहिल खण्डमा समेत मर्मत सम्भार गरिएको काठमाडौँ उपत्यका विकास प्राधिकरणका इन्जिनियर सज्जन कुँवरले जानकारी दिए । सडक मर्मत भएसँगै सवारी साधन र पैदल यात्रीलाई सहज भएको छ ।

२०७९ जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित








