एमसिसी र संघीयता खारेज गराैँ : दुर्गा पाैडल

काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले एमसीसी र संघीयता खारेज गर्नुपर्ने बताएकी छन् ।

प्रतिनिधि सभामा बुधवारबाट शुरू भएकाे बजेटमाथिकाे छलफलमा बाेल्दै सांसद पौडेलले देशको आर्थिक विकासका लागि विदेशी सहयोग र अनुदान स्वीकार गर्न सकिने तर त्यसो गर्दा देशको स्वतन्त्रता, स्वाधिनता, स्वभिमान र राष्ट्रिय अर्थतन्त्रलाई ख्याल गर्नुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘बृहद राष्ट्रिय हितमा आँच नआउने कुरामा हामीले ध्यान दिनुपर्छ तर एमसीसीबाट देशको राष्ट्रियता, असंलग्न परराष्ट्र नीति र बृहद राष्ट्रिय हितमा समेत गम्भीर आँच पुग्ने भएकाले त्यसलाई खारेज गरेर जानुपर्नेमा जोड दिन्छु । नत्र यसका दुरगामी र दुष्परिणाम हुनेछन् ।’

उनले मुलुकका लागि संघीयता आर्थिक बोझ भएकाले संघीयता समेत खारेज गर्नुपर्ने उल्लेख गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *