भद्रपुर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, काठमाडौँ फर्काएर सुरक्षित अवतरण

काठमाडौँ । काठमाडौँबाट भद्रपुरका लागि ६९ यात्रुसहित उडेको जहाजमा प्राविधिक समसया आएपछि काठमाडौँमा सुरक्षित अवतरण गराइएको छ ।

बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार उडेको केही समयमा नै प्राविधि समस्या देखिएपछि पुनः फकाएर त्रिभुवन विमानस्थल काठमाडौँमै सुरक्षित अवतरण गराइएको छ । विहान करिब ११ बजे उक्त जहाज उडेको थियो ।

जहाजका यात्रुलाई बुद्ध एयरकै अर्को जहाजबाट भद्रपुर पठाइएको छ ।

‘भद्रपुर उडेको ९५३ उडान नम्बरको जहाजमा केही प्राविधिक समस्या देखिएपछि तत्कालै फिर्ता बोलाएर काठमाडौँमै सुरक्षित अवतरण गराइएको हो,’ उनले भने, ‘प्राविधिक टोलीले अहिले जहाजको निरीक्षण गरिरहेको छ ।’

धावन मार्गमा टाएरका केही टुक्रा भेटिएपछि उक्त जहाज फिर्ता गरिएको थियो ।

‘टाएरका टुक्रा त्यही जहाजको हो वा अन्य जहाजको हो भन्ने बारे अनुसन्धान भइरहेको छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eleven =