बडिमालिका दर्शनका लागि राष्ट्रपति भण्डारी बाजुरामा
२०७९ जेठ १८ गते

धनगढी । बाजुरा राष्ट्रपति विद्यादेवी भण्डारी बाजुरा पुगेकी छन् । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाजुराको बडिमालिका शक्तिपीठ दर्शनका लागि उनी बुधबार बिहान बाजुरा पुगेकी हुन् ।उनी नेपा
ली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट बाजुरा पुगेकी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । अनौपचारिक भ्रमणको सिलसिलामा मंगलबार काठमाडौँबाट सुर्खेत पुगेकी राष्ट्रपति भण्डारीले पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गरेकी थिइन् ।
भण्डारी मंगलबार सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बसेकी थिइन् । बाजुराको भ्रमण सकेर उनी बुधबार काठमाडौँ फर्किने कार्यक्रम छ ।
२०७९ जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित








