थप ९ जनामा काेराेना संक्रमण
२०७९ जेठ १७ गते

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ८५ पिसिआर परिक्षणका क्रमा ८ जना र ९ सय ६२ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ९१ जना निको भएका छन् ।
हाल ९७ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७९ जेठ १७ गते
प्रतिक्रिया
सम्बन्धित








