सेयर बजारमा निरन्तर गिरावट, मंगलबार ३५ अंकले घट्यो बजार

काठमडौँ । सेयर बजारमा आइरहेको गिरावटको क्रम मंगरबार पनि निरन्तर रह्यो । मंगलबार सेयर बजार (नेप्से) परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ विन्दुमा ओर्लिएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स समेत ७.११ अंकले घटेर ४१५.६३ बिन्दुमा ओर्लिएको छ ।

यस दिन कुल २२९ कम्पनीका ३७ लाख ६९ हजार ८ सय १२ कित्ता सेयर १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस दिन अधिकांश समूगत सूचक ओलालो लागेको छ । इन्भेष्टमेन्ट बैंकको सेयर मूल्यमा ३६ रुपैयाँ ७० पैसाले घटेपछि नकारात्मक सर्किट लागेको छ । एनआइसी एसिया बैंकको सेयर यो दिन सबैभन्दा बढी कारोबार भएको छ ।

यस दिन एनआईसी एसिया बैंकको ५ करोड ३७ लाख ९८ हजार ८ सय रुपैयाँको सेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *