रुपन्देहीमा ३० हजार घुससहित नापी कार्यालयका अमिन पक्राउ
२०७९ जेठ १७ गते

सांकेतिक तस्बिर
काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका- ५ मा कार्यरत एक अमिन घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय रुपन्देहीमा कार्यरत एक अमिनलाई घुससहित पक्राउ गरेको हो। जग्गाको हालसाविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग ३० हजार घुस लिँदै गरेको अवस्थामा अमिन टेकबहादुर रायमाझीलाई आयोगबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
बुटवलबाट खटिएको आयोगको टोलीले अमिन रायमाझीलाई नापी कार्यालयको क्वाटरबाटै रंगेहात पक्राउ गरेको हो। उनीमाथि हाल अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
२०७९ जेठ १७ गते
प्रतिक्रिया
सम्बन्धित








