उपमेयर डंगाेलकाे पहिलाे निर्णय : हिंसापीडित महिलाकाे संरक्षणका लागि ‘महिला सेल’

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले हिंसामा परेका महिलाकाे संरक्षणका लागि ‘महिला सेल’काे गठन गर्ने निर्णयमा हस्ताक्षर गरेकी छन् ।

उनले पदबहालीपछि आफ्नाे चुनावी प्रतिबद्धताअनुसार हिंसामा परेका, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण तथा आवश्यक कानुनी सहयोग तथा सहजीकरण र आत्मरक्षाका लागि तालिम दिन महानगरपालिकाका सबै वडामा ‘महिला सेल’ गठन प्रक्रिया अघि बढाउने निर्णयमा हस्ताक्षर गरेकी हुन्।

सबै वडामा गठन हुने महिला सेलले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिलाका लागि आवश्यक कार्य गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =