पूर्वअर्थमन्त्री पुन भन्छन्- बजेटले नेपालीकाे भविष्य सुनिश्चित गरेकाे छ
२०७९ जेठ १७ गते

काठमाडाैँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले यसपटककाे बजेटले नेपालीहरूकाे भविष्यलाई सुनिश्चित गरेकाे जिकिर गरेका छन् । मंगलबार संसद्मा भएकाे बजेटमाथिकाे सैद्धान्तिक छलफलमा भाग लिँदै उनले भनेका छन्, ‘याे बजेटलाई समर्थन गर्नु काेही-कसैले हिच्किचाउनु पर्दैन । याे बजेट विगतका बजेटभन्दा धेरै जनपक्षीय छ, राम्राे छ । यसले नेपालीहरूकाे भविष्य सुनिश्चित गरेकाे छ ।’
उनले आव २०७९/८० काे बजेटले सबै क्षेत्रलाई समेटेकाे बताएका छन् । उनले भनेका छन्, ‘म अर्थमन्त्री हुँदा पनि यसखाले बजेट ल्याउन काेसिस गरिएकाे थियाे । याे पटककाे बजेटले सबैलाई समेटेकाे छ । म यसकाे समर्थन गर्दछु ।’
२०७९ जेठ १७ गते
प्रतिक्रिया
सम्बन्धित








