भाउजुलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोपमा देवर पक्राउ

सप्तरी । आफ्नै भाउजु २७ वर्षीया राज कुमारी साहलाई पेट्रोल छर्की आगो लगाई हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीकाे बोदेबरसाइन नगरपालिका-९१ धनगडी बस्ने प्रमेश्वर साह रहेकाे प्रहरीले जनाएकाे छ ।

उनले २०७८ माघ २१ गते बिहान भाउजुलाई पेट्रोल छर्की आगो लगाई हत्या गरेका थिए । घटनापछि उनी फरार रहेका थिए । इलाका प्रहरी कार्यालय बोदेबरसाइन सप्तरीबाट खटिएको प्रहरीले गाउँ घरमा लुकीछिपी बसेको अवस्थामा उनलाई आइतबार पक्राउ गरेकाे हाे ।   फेला पारी पक्राउ गरेको हो ।

जिल्ला अदालत सप्तरीबाट म्याद थप अनुमति लिई उनीमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *