नायिका मिरुना मगरविरुद्ध नाराबाजी, माफी माग्नुर्ने माग (भिडिओ/तस्वीर)

काठमाडाैँ । ‘कबड्डी ४’ की नायिका मिरुना मगरविरुद्ध चुचेपाटी, चाबहिलस्थित केएल टावर परिसरमा नाराबाजी भएकाे छ।

नायिका मिरुना मगरले केही दिनअघि आफूलाई शारीरिक दुर्वयवहार गरेको भन्दै सिभिल मलमा फुर्वा लामा नाम गरेका एक बौद्ध भिक्षु दर्शकलाई थप्पड हानी प्रहरीलाई बुझाएको विषयमा आज भिक्षु समर्थित व्यक्तिहरूले चाबहिलस्थित केएल टावरअघि प्रदर्शन गरेका छन्।

केएल टावरमा रहेको ‘एफक्युब सिनेमाज्’मा प्रदर्शनरत चलचित्र कबड्डीको प्रदर्शन तत्काल रोक्नुपर्ने, नायिका मगरलाई कारबाही गर्नुपर्ने जस्ता माग राख्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले उनको पुत्लासमेत जलाएका छन्।

प्रदर्शनकारीहरूले नायिका मगरले सार्वजनिक रूपमा माफी माग्नुपर्ने मागसमेत राखेका छन्।

तस्वीरहरूः









प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *