एमाले संसदीय दलको बैठकमा सरकारको आलोचना

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको बैठकले प्रदेश सभाको बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल गरेको छ । मंगलवार प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रदेश सरकारले गरेका काम कारबाहीको बारेमा पनि समीक्षा गरेको छ ।

प्रदेश सरकारको तर्फबाट सोमबार प्रदेश सभामा पेश भएको बजेटको प्राथमिकताको क्षेत्र र पूर्व बजेट छलफलमा एमालेको भूमिकाको बारेमा छलफल भएको नेकपा एमाले नेता तथा प्रदेश सभासदस्य हिक्मतकुमार कार्कीले जानकारी दिए ।

आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमको बारेमा सोमबार सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । सरकारले ल्याउन लागेको बजेट, सिद्धान्त र प्राथमिकताको बारेमा नेकपा एमालेका संसदीय दलका नेता भीम आचार्यले सोमबारकै बैठकमा छलफलको औचित्य नरहेको बताएका थिए ।

नागरिकको लागि कामै गर्न नसकेको सरकारले अहिले बजेट, सिद्धान्त र प्राथमिकताका माथि छलफल गरेर समयको बर्वादी मात्रै भएको टिप्पणी गरेका थिए । मंगलवार बसेको नेकपा एमाले संसदीय दलको बैठकमा पनि सरकारले कामै गर्न नसकेको बारेमा एमालेका सांसदले बताएको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =