तारा दुर्घटनामा मृत्यु भएका १० जनाकाे शव काठमाडाैँ ल्याइयाे (तस्वीरसहित)

काठमाडाैँ । आइतबार मुस्ताङमा भएकाे तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये १० जनाको शव काठमाडौँ ल्याइएको छ।

उनीहरूकाे शव नेपाली सेनाको हेलिकप्टर मार्फत मुस्ताङको कोवाङबाट पोखरा हुँदै काठमाडाैँ ल्याइएको हो।

माैसमकाे प्रतिकुलताका कारण बाँकी ११ वटा शवहरू घटनास्थलबाट बाहिर निकाल्न सकिएकाे छैन ।

काठमाडाैँ ल्याइएका शवहरू पाेस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिने छ। शवहरूकाे पोस्टमार्टम पछि मात्रै आफन्तकाे जिम्मा लगाइने छ।

एउटा शव अझै फेला परेको छैन । अर्को देखिए पनि माथि निकाल्न बाँकी छ ।

विमानमा १३ नेपाली, चार भारतीय र दुई जर्मन नागरिक सवार थिए। अरु ३ जना चालक दलका सदस्य थिए ।

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =