काठमाडाैँ १५ का वडाध्यक्षकाे घाेषणा- फोहोर व्यवस्थापन नहुन्जेल बैठक भत्ता लिन्नँ

काठमाडाैँ । काठमाडाैँ महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले फोहोर व्यवस्थापन नहुन्जेल आफूले बैठक भत्ता नलिने बताएका छन् । काठमाडाैँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले साेमबार बसेकाे पहिलाे कार्यपालिका बैठकमा राखेकाे ७ वटा एजेन्डामाथि बाेल्दै वडाध्यक्ष डंगाेलले यस्ताे बताएका हुन् ।‘फोहोर व्यवस्थापन नभइरहेको अवस्थामा यो बैठकको भत्ता म लिन्नँ,’ उनले भने, ‘यो नोट गर्नुहोला । फोहोर व्यवस्थापन नभएको कारण म बैठक भत्ता लिन्नँ । पछि बैंक खातामा भत्ता भनेर नपठाउनुहोला ।’

उनी काठमाडाैँ महानगरमा माधवकुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादीबाट जितेका वडाध्यक्ष हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =