थप ६ जनामा काेराेना संक्रमण, देशभर १०२ जना मात्रै सक्रिय संक्रमित
२०७९ जेठ १६ गते

काठमाडाैँ । नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ सय ५ सय ५३ पिसिआर परीक्षणका क्रममा ५ जना र ८ सय ८५ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ७८ जना निको भएका छन् ।
हाल नेपालमा १०२ सक्रिय सक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७९ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित








