भीषण वर्षाका कारण ब्राजिलमा बाढीः ५६ को मृत्यु, ५६ बेपत्ता

काठमाडौँ । भीषण वर्षाका कारण ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

पर्नाम्बुकोमा बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने बेपत्ता हुनेको संख्या पनि ५६ नै रहेको बताइएको छ। उद्धार कार्यका लागि डुबान क्षेत्रभरि करिब चार हजार उद्धारकर्मी खटाइएको छ। उत्तरपूर्वी पर्नाम्बुको राज्यको राजधानी रेसिफ शहरमा मात्रै ३० भन्दा बढी मानिसको मृत्यु भएको पर्नाम्बुकोका प्रहरीले पुष्टि गरेका छन्।

ब्राजिलकै अलागोस राज्यमा पनि बाढीका कारण दुईजनाको मृत्यु भएको र करिब सात हजार जनसङ्ख्या विस्थापित भएको जनाइएको छ। अन्य राज्यहरूमा पनि अविरल बर्षाका कारण आएको बाढी तथा पहिरोले जनजीवन प्रभावित रहेको जनाइएको छ।

सबैभन्दा बढी प्रभावित पर्नाम्बुको राज्यका ९ नगरपालिकामा स्थानीय तहले आपतकालीन अवस्थाको घोषणा गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *