मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण प्रदेश नं एक, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

उक्त प्रणालीको प्रभाव अझै केही दिन कायम रहने बताइएको छ। रातिको समयमा प्रदेश न १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। मधेश प्रदेशका थोरै भू–भागमा हल्कादेखि मध्यम वर्षा र प्रदेश नं १ बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

मङ्गलबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *