भारतीय पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्या

काठमाडौँ । भारतीय सञ्चारमाध्यमका अनुसार चर्चित पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्या भएको छ।

सञ्चारमाध्यमका अनुसार अज्ञात समूहले गोली हानी उनको हत्या गरेका हुन्। उनको टाउको र कम्मरमुनिको भागमा गरी जम्मा पाँचवटा गोलीका निशान भेटिएका छन्। हिजो आइतबार साँझ पञ्जाबको के मानसा जिल्लाको जवाहरे गाउँमा मुसेवालामाथि गोली प्रहार भएको र अस्पताल ल्याउनुअघि नै उनको मृत्यु भएको बताइएको छ।

पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले आफ्नो सामाजिक सञ्जाल ट्विटरमार्फत् उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको र हत्यारा समूहको खोजी गरिरहेको बताएका छन्। मुसेवालासहित तीन जनामाथि गोली प्रहार भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *