दुर्घटनाग्रस्त जहाजमा लागेन आगो, लासहरू सबै चिनिने अवस्थामा

पोखरा । मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजमा आगो भने नलागेको भेटिएको छ ।

जहाज पहाडमा ठोकिएको र लास समेत चिनिने अवस्थामा रहेको त्यहाँ पुगेका स्थानीय इन्द्रसिंह शेरचनले बताए । ‘आगो लागेको छैन । हामी लासहरू संकलन गरिरहेका छौँ । १०-१२ वटा लास खोँचमा छ । देखिएका छौँ तर तान्न सकिएको छैन,’ उनले भने, ‘त्यो डोरी लगाएर तान्नुपर्छ । अरू कलेक्ट गरिसकेका छौँ ।’

यो पनि : यी २२ जना सवार थिए जहाजमा

जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको कलसाईन ९ एन-एइटी भएको ट्विनअटर जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको थियो । विमानमा चालक दलका तीन र स्वदेशी तथा विदेशी १९ यात्रु सवार थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *