यी २२ जना थिए दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजमा

काठमाडाैँ । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालकाअनुसार मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हाे ।

यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको र नेपाली सेनाको हेलिकप्टर सो स्थानमा जाने तयारीको भएको प्रवक्ता सिलवालले बताए । पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको ट्विनअटर विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

यी २२ जना सवार थिए
जहाजमा इन्द्रबहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर रहेको तारा एयरलाइन्सको पोखरा कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार विमान क्याप्टेन प्रभावकर घिमिरे, सहपाइलट उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *