७ वर्षअघि सोही रूटमा दुर्घटनामा परेको थियो तारा एयर, २३ जनाले गुमाएका थिए ज्यान

पोखरा । आजभन्दा ७ वर्षअघि पोखराबाट जोमसोमकै लागि उडेको तारा एयरको जहाज सोही रूटमा दुर्घटनामा परेको थियो । नाईन एन एएचएच कल साइन भएको विमान म्याग्दीको दानास्थित केकरको बुटा भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा चालकदलका तीनजना र दुई बालबालिकासहित २३ जनाको मृत्यु भएको रेकर्ड छ ।

पोखरा जोमसोम हवाई रूट निकै जोखिमपूर्ण छ । यो रूटमा करिब पाँच मिनेट कुनैपनि टावरले काम गर्दैन । त्यसैले प्राधिकरणले नै यो ठाउँलाई बफरिङ जोन भनेर चिनाउँछ । घोरेपानीदेखि तातोपानीसम्मको भागमा पाइलटले चाहेर पनि टावरसँग कनेक्सन गर्न सक्दैन ।

तर, अहिलेको दुर्घटना भने टावरसँग सम्पर्क भइसकेपछि भएको बताइएको छ ।

♦ याे पनि:
   काेवाङका भेडा गाेठालाहरूले भने- ‘लाङ्केखाेलामा जलिरहेकाे जहाज देख्याैँ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =