काेवाङका भेडा गाेठालाहरूले भने- ‘लाङ्केखाेलामा जलिरहेकाे जहाज देख्याैँ’

काठमाडाैँ । आइतबार बिहान म्याग्दीकाे शिखमा सम्पर्कविहीन भएको भनिएको तारा एयरको ९ एनएईटी ट्विनअटर जहाज आफूहरूले देखेकाे शिखनजिक पर्ने काेवाङका भेडा गाेठालाहरूले बताएका छन् । उनीहरूले आफूहरूले काेवाङकै लाङ्केखाेलामा जलिरहेकाे अवस्थामा एउटा जहाज देखेकाे बताएका हुन् । पाेखराबाट गएकाे रेस्क्यू टाेलीसँग उनीहरूले याे कुरा बताएकाे टाेलीका सदस्य प्रेम पाैडेलले बताएका छन् । उनले भनेका छन्, ‘लाङ्केखाेलामा देखिएकाे हाे भनेर भेडा गाेठालाहरूले भनेका छन् ।’

उनले आफूहरू त्यतातर्फ जाँदै गरेकाे बताएका छन् । त्यहाँबाट लाङ्केखाेला पुग्न ४ देखि ५ घण्टासम्म लाग्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 15 =