शिखानजिकका स्थानीयले भने- ‘केही ठूलाे आवाज सुनेका थियाैँ’

पाेखरा । आइतबार बिहान कास्कीकाे शिखामा सम्पर्कविहीन भएकाे भनिएकाे तारा एयरको ९ एनएईटी ट्विनअटर जहाज अझैसम्म भेटिएकाे छैन । झन्डै ५ घण्टा बित्दासमेत त्यहाँ पुगेका सरकारी टाेलीहरू बिनाखबर फर्किरहेका छन् । काठमाडाैँबाट सेनाकाे हेलिकाेप्टर त्यसकै खाेजी कार्यका त्यहाँ पुगेकाे थियाे, हेलिकाेप्टर अहिले बिनानजिता फर्किसकेकाे छ ।

यस्तै पाेखराकाे विजयपुरबाट गएकाे रेस्क्यू टाेली कास्कीकै काेवाङ पुगेकाे छ । काेवाङबाट दुर्घटना भयाे भनेर शङ्का गरिएकाे क्षेत्र (शिखा) टाढा भएपनि हिँडेर जानुपर्ने बाध्यता रहेकाे टाेली प्रमुख एवम् विजयपुर आर्मीका एचआर हेड प्रेम पाैडेलले बताए । ‘यहाँबाट हेर्दा उत्तर दिशातिर अग्लाे डाँडा देखिन्छ । कुहिराे लागेकाे उक्त डाँडातिर हामी जाँदैछाैँ । त्यतैतिर ठूलाे फरक खाले आवाज सुनिएकाे स्थानीयवासीहरूले बताएका छन् । उनीहरूले बताएअनुसार हामी त्यतातर्फ चढ्दैछाैँ । हामी जाँदैछाैँ । हामी हाेलिकाेप्टर तलै ल्यान्ड गरेर ग्राउन्डबाट जाँदैछाैँ,’ पाैडेलले मकालुखबरसँग भनेका छन् ।

उक्त आवाज सुनिएकाे डाँडा मानापाथी हिमशृङ्खलाअन्तर्गत पर्ने पाैडेलले बताएका छन् । माैसम सफा नहुँदा खाेजी कार्यका लागि सकस भएकाे उनले बताएका छन् । ‘माैसम प्रतिकूल हुँदा खाेजी कार्यमा अलिक गाह्राे भयाे,’ उनले भने, ‘हामी जाँदैछाैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *