मुस्ताङको कोवाङमा अन्तिमपटक भएको थियो सम्पर्क

काठमाडौं । पोखराबाट मुस्ताङको लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको जहाजसँग अन्तिमपटक मुस्ताङको कोवाङ सम्पर्क भएको जनाइएको छ । आइतबार बिहान पोखराबाट उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो ।

स्रोतका अनुसार मुस्ताङको कोवाङमा अन्तिमपटक विमानसँग सम्पर्क भएको थियो । जहाज बिहान ९ बजेर ५५ मिनेटमा २ विदेशी, ४ भारतीय, १३ जना नेपाली ३ जना चालक दलका सदस्य थिए । जहाजमा चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए ।

यात्रुहरुमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, वसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजीना श्रेष्ठ, यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर सवार थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *