विराटनगरको पुष्पलाल चोकमा स्थानीयको अवरोध (तस्बिरहरू)

विराटनगर । विराटनगरको पुष्पलाल चोकका स्थानीयले अत्यधिक टिप्पर दौडिएको भन्दै सडक अवरुद्ध गरेका छन् । लामो समयदेखि सडक निर्माणको कामले गति नलिएको र स्थानीय सरकारले सडक निर्माणमा चासो नदिएको भन्दै पुष्पलाल चोकमा सडक अवरुद्ध गरेका हुन् ।

बिहान ८ बजेदेखि अवरुद्ध भएको सडक अझै सञ्चालनमा आउन सकेको छैन । प्रदेश सरकारले बनाउँदै गरेको पुष्पलालचोक-घिनाघाट सडकमा र पुष्पलाल चोकदेखि उत्तरको सडक लामो समयदेखि नबनेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

पुष्पलालचोकदेखि सडक कालोपत्रे भएर राम्रो भएकोले त्यो क्षेत्रमा टिप्परलाई प्रवेश रोक लगाइएको तर उत्तर तर्फबाट पठाउँदा स्थानीयले धेरै समस्या झेल्नु परेकोमा पनि उनीहरूको विरोध छ । तत्काल स्थानीयको समस्याको समाधान गर्न स्थानीय सरकारले पहल नगर्दा बन्दै गर्नु पर्ने अवस्था आएको स्थानीयको भनाई छ ।

स्थानीयले अत्यधिक टिप्पर चलेर घरमा बस्नै नसक्ने अवस्था आएपछि बन्द गरेर शुरु गरिएको आन्दोलन टिप्पर चालकहरू सहज रूपमा विराटनगर प्रवेश पाउनु पर्ने भनेर थप बल्झाएका छन् ।

पुष्पलाल चोक हुँदै राजवंशी चोकबाट कोशी राजमार्ग निस्किएर मात्र ढुवानीका साधन विराटनगर बजार जानु पर्ने झन्झट रहेको भन्दै तत्काल पुष्पलाल चोकबाट बजार छिर्न टिप्परलाई लगाइएको बन्देज फुकुवा गर्नु पर्ने माग टिप्पर चालकहरूको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + ten =