एक वर्षमा झण्डै ११ प्रतिशतले बढ्यो नेपालीको आम्दानी, अब प्रतिव्यक्ति आय १३८१ डलर

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय गतवर्षभन्दा १०।८ प्रतिशतले बढेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष ०७८र७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको हो ।

योसँगै अब नेपालीको प्रतिव्यक्ति आय १ हजार ३८१ डलर पुगेको छ ।

यसअघि आर्थिक वर्ष ०७७र७८ मा एक हजार २४६ डलर रहेको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा एक हजार ३८१ डलर पुग्ने अनुमान गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *